+
+

माघ २६ देखि अष्ट्रेलियामा प्रदर्शन हुँदै ‘चित्रा’

राजन घिमिरे राजन घिमिरे
२०८० माघ १६ गते ११:४८

सिड्नी । स्वदेशमा प्रदर्शनपछि फिल्म ‘चित्रा’ अब नेपाली डायस्पोराको ठूलो बजार अष्ट्रेलियामा रिलिज हुने भएको छ । अष्ट्रेलियाली हलमा रिलिज हुँदै फिल्मले अन्तर्राष्ट्रिय प्रदर्शनको सुरुवात गर्दैछ ।

यो फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारी लामो समयदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् । यस कारणले पनि अष्ट्रेलियाको प्रदर्शनमा उनलाई सजिलो हुने देखिन्छ । प्रदर्शनको चाँजो मिलाउन उनी त्यहाँ पुगिसकेका छन् ।

‘चित्रा’को प्रदर्शन माघ २६ गते (फेब्रुअरी ९)मा तास्मानियाबाट सुरु हुनेछ । उक्त अवसरमा रेडकार्पेट शोको पनि आयोजना गरिएको छ । पछिल्लो समय अष्ट्रेलियामा नेपालीको संख्या वृद्धि भएसँगै फिल्म र सांस्कृतिक कार्यक्रम पनि आयोजना हुन थालेका छन् ।

तास्मानियापछि अष्ट्रेलियाली सहर सिड्नी, मेलबर्न, ब्रिसबेन, एडिलेट, क्यानबेरा, पर्थ र डार्विनमा पनि फिल्मको प्रदर्शन हुने जनाइएको छ । पारिवारिक र सम्बन्धको कथावस्तुमा आधारित यो फिल्म नेपालमा रिलिज भइसकेको छ ।

फिल्ममा अर्पण थापा, प्रमोद अग्रहरी, मेनुका प्रधान, प्रकाश घिमिरेजस्ता सशक्त कलाकारको अभिनय छ । यो फिल्मबाट निर्माता समेत रहेका अधिकारीले रजतपटमा डेब्यु गरेका छन् । फिल्मलाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् ।

‘चित्रा’का निर्माता आशिष थापा मगर हुन् भने अधिकारी कार्यकारी निर्मातामा छन् । फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ ।

लेखकको बारेमा
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?