+
+

प्रतिस्पर्धाको अभावले खस्कियो अष्ट्रेलियाको जीवनस्तर

रासस रासस
२०८० चैत १५ गते १४:४८

१५ चैत, क्यानबेरा । निजी क्षेत्रमा उचित प्रतिस्पर्धाको अभावले अष्ट्रेलियालीहरूको जीवनस्तर खस्किएकाे एक अनुसन्धान रिपोर्टले उल्लेख गरेको छ ।

संघीय संसद्को अर्थसम्बन्धी समितिले गरेको अध्ययनले अष्ट्रेलियामा प्रतिस्पर्धामा गिरावट तथा विभिन्न क्षेत्रहरूमा संकुुचन आएको उल्लेख गरेको हो ।

रिपोर्टले पछिल्लो दशकमा अष्ट्रेलियाको उत्पादकत्वमा मन्दी छाएको, बजार संकुचन बढेको, नयाँ प्रविधिमा लगानी न्यून भएको तथा सेवा अर्थतन्त्रतर्फ उन्मूख भएको जनाएको छ । रिपोर्टमा अष्ट्रेलियाको औसत उत्पादकत्व वृद्धि १.१ प्रतिशतमा झरेको उल्लेख छ । जुन ६० वर्षमा सबैभन्दा कम हो ।

सत्तारुढ लेबर पार्टीका सांसद एवं अर्थशास्त्री डान मुलिनोले मानिसहरूको जीवनस्तरमा सुधार ल्याउन अष्ट्रेलिया अझै बढी प्रतिस्पर्धी बन्नुपर्ने बताएका छन् ।

नाइन इन्टरटेनमेन्ट अखबारलाई दिएको अन्तर्वार्तामा समितिका अध्यक्ष समेत रहेका मुलिनोले अष्ट्रेलिया कम उत्पादकत्व वृद्धिको दशकबाट सुधारतर्फ अग्रसर भइरहेको बताउँदै प्रतिस्पर्धा र आर्थिक गतिशीलता आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘अर्थपूर्ण सुधारका निम्ति अहिले धेरै अवसर हाम्रासामु छन् । यसबाट उपभोक्तालाई तत्काल लाभ मात्र हुने होइन कि भावी पुस्ताको जीवनस्तर सुधारमा पनि महत्त्वपूर्ण हुनेछ ।’

सन् २०२३ जनवरीमा अर्थमन्त्री जिम चाल्मर्सले आर्थिक गतिशीलता, प्रतिस्पर्धा र व्यापार प्रवर्द्धनका लागि अनुसन्धान गर्न समितिलाई आग्रह गरेका थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?