+
+

सहकारीबाट भएको रकम अपचलनको निष्पक्ष छानबिन गर्न एमालेको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते २०:४३

९ वैशाख, काठमाडौं । नेकपा एमालेले सहकारीहरुमा देखिएका समस्याको र सर्वसाधारणको रकम अपचलनका विषयमा निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

शनिबार र आइतबार बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले १४ बुँदामा समसामयिक प्रस्ताव पारित गरेको छ । जसको पाचौं बुँदामा सहकारीमार्फत भएको सर्वसाधारणको रकम अपचलनको विषय उल्लेख गरिएको छ ।

‘यो बैठक केही सहकारीमा पैदा भएका यस प्रकारका गम्भीर समस्या र सर्वसाधारणको रकम अपचलनका गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानुनको कठघरामा ल्याउन र बचतकर्ताहरुको रकम सुरक्षित फिर्ता गराउन सरकारसँग माग गर्दछ’, एमालेको समसामयिक प्रस्तावमा भनिएको छ ।

मिटरब्याज पीडितहरु र लघुवित्तका ऋणीहरुका समस्या समाधानमा गम्भीर हुन पनि एमालेले सरकारलाई आग्रह गरेको छ । सहकारीमा पैदा भएका केही समस्यालाई लिएर सहकारीकै विरुद्ध गलत प्रचार भइरहेको भन्दै एमालेले संविधानले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा ग्रहण गरेको उल्लेख गरेको छ ।

सरकारले देशैभरिका सहकारीहरुलाई उत्पादन र वितरणमा केन्द्रित हुन आवश्यक वातावरण बनाउनुपर्ने एमालेले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?