+
+

पर्यटन मन्त्रालय मातहतका निकायले प्रधानमन्त्री राहत कोषमा जम्मा गरे ४ करोड बढी रकम

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २२ गते ९:२२

२२ कात्तिक, काठमाडौं । सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका निकायहरुले प्रधानमन्त्री राहत कोषमा चार करोड रुपैयाँभन्दा बढी रकम जम्मा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेपाल नागरिक उड्डयन प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, नेपाल वायु सेवा निगम, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, बुद्ध एयर र विभिन्न हेलिकप्टर कम्पनीहरुले चार करोड १३ लाख ९८ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

राहत रकम हस्तान्तरण कार्यक्रममा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती पनि सहभागी थिए ।

यही कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका १ रामिडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावित भएकाहरुलाई राहत तथा पुनर्स्थापनाको कामका लागि सरकारले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न सबैलाई आह्वान गरेको थियो । सोही आह्वान बमोजिम विभिन्न राजनीतिक दल, दलका संगठन, सरकारी तथा गैरसरकारी कार्यालय, संघसंस्था, बैंक तथा वित्तीय संस्था, उद्योगी व्यवसायी र कर्मचारीहरुले राहत रकम जम्मा गर्ने क्रम जारी छ ।

भूकम्पमा परी १५३ जनाको मृत्यु भएको छ भने ३६४ जना घाइते भएका छन् । १७ हजार ८९६ घर पूर्णरुपमा र १७ हजार ८५० घर आंशिक रुपमा क्षतिग्रस्त भएका छन् । सरकारले मृतकका परिवारलाई जनही २ लाख रुपैयाँ राहत र घाइतेहरुको निःशुल्क उपचार गर्ने घोषणा गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?