+
+

नेवानिबाट ग्राउण्ड ह्याण्डलिङ खोस्नेबारे छलफलसम्म भएको छैन : मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १५:१९
फाइल तस्वीर

१ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्स (नेवानि) ले गरिरहेको भूमिस्थ सेवा (ग्राउण्ड ह्याण्डलिङ) खोस्नेबारे कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ ।

आइतबार नेपाल एयरलाइन्समा क्रियासिल ट्रेड युनियनलाई पत्र पठाउँदै यस विषयमा मन्त्रालयमा कुनै छलफल र आधिकारिक निर्णय नभएको स्पष्ट पारेको छ ।

साथै सरकारले निर्णय नगरेसम्म निगमको भूमिस्थ सेवा सोही कम्पनीमै रहने समेत जानकारी दिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमको ग्राउण्ड ह्याण्डलिङ सेवा खोसी प्रतिस्पर्धामा लैजाने निर्णय गरेसँगै निगमका कर्मचारीहरु आन्दोलित छन् । आज आन्दोलनको १२ औं दिन पुगेको छ ।

निगमको मुख्य आम्दानीको स्रोत नै त्रिभुवन विमानस्थलको भूमिस्थ सेवा हो ।

यस्तो छ पर्यटन मन्त्रालयले लेखेको पत्रः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?