+
+

टी–२० सिरिजमा राम्रो प्रदर्शन गर्ने इन्दुको विश्वास

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २५ गते १६:२७

२५ कात्तिक, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्माले चार देश सम्मिलित ट्वान्टी–२० क्रिकेट सिरिजमा राम्रो प्रदर्शन गर्ने बताएकी छन् ।

२० कात्तिकदेखि हङकङमा हुने टी–२० सिरिज खेल्न नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । त्यसको अघिल्लो दिन शनिबार नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडीहरुको बिदाइ कार्यक्रम राखेको थियो ।

सञ्चारकर्मीहरुसँग कुरा गर्दै नवनियुक्त कप्तान इन्दुले यो प्रतियोगिता आफ्नो लागिसमेत अवसर भएको बताइन् । ११ वर्षदेखि नेपालको कप्तानी सम्हाल्दै आएकी रुबिना क्षेत्रीको स्थानमा क्रिकेट संघले इन्दुलाई जिम्मेवारी दिएको थियो ।

कप्तान इन्दुले यसलाई चुनौतीका रूपमा लिएको बताएकी छिन् । छोटो समयको प्रशिक्षणका क्रममा फिल्डिङ र फिटनेसमा काम गरेको भन्दै उनले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन् ।

नवनियुक्त प्रशिक्षक मनोज कटवालले पनि ६/७ दिनको तयारी मात्र भएकाले चुनौती भएपनि च्याम्पियन भएर फर्किने आशा व्यक्त गरे ।

कार्यक्रममा क्यानका सचिव पारस खड्काले खेलाडीलाई उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन भएर घर फर्कन शुभकामना दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?