+
+

जथाभावी फूलमाला बेच्नेलाई महानगरले तोकिदिएको बिक्रीस्थल पुर्‍याइयो

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २६ गते १२:२६

२६ कात्तिक, काठमाडौं । तिहार लक्षित फूलको माला जथाभावी बेच्नेहरुलाई काठमाडौं महानगरपालिकाले नियन्त्रणमा लिएर फूलमाला बेच्न तोकिदिएको स्थानमा पुर्‍याएको छ ।

विभिन्न ठाउँमा रहेका फूल, माला बिक्रेतालाई महानगर प्रहरी बलको सवारी साधनमा राखेर सामानसहित तोकिएको बिक्री स्थलमा लगिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

काठमाडौंका मेयर बालेन साहका अनुसार महानगरपालिका, नेपाल फ्लोरिकल्चर एसोसिएसन र नेपाल चेम्बर अफ कमर्सको संयुक्त प्रयासमा प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु भ्याली कोल्ड स्टोरको प्राङ्गणबाट मात्र फूल बेच्ने प्रबन्ध मिलाइएको छ ।

तर नगर प्रहरी प्रमुख पाण्डेका अनुसार फूल र माला लिएर बेच्न आएका किसानहरु न्यूरोड सहित विभिन्न ठाउँमा पुगेका थिए । ‘महानगरले तोकेको बिक्रीस्थल थाहा नभएकाले महानगरकै सवारी साधनमा राखेर बिक्री स्थलमा पुर्याएका हौं, सवारी साधनमा फूल राख्न तथा झार्नका लागि नगर प्रहरी बलका जनशक्तिले सघाएका छौं,’ पाण्डेले भने ।

महानगरभरी तोकिएका स्थानमा नेपाली फूलहरू मात्रै बिक्री गरिने महानगरपालिकाले जनाएको छ । यसका लागि महानगरपालिका, नेपाल फ्लोरिकल्चर एशोसिएसन र चेम्बर अफ कमर्शको संयुक्त टोलीले अनुगमन गर्ने महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?