+
+

५ वर्षका लागि २ करोड ८८ लाखमा ठेक्का लाग्यो चोभार सुख्खा बन्दरगाह

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते १४:२१
फाइल तस्वीर

६ मंसिर, काठमाडौं । काठमाडौंको चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी निजी कम्पनीलाई दिइएको छ ।

बन्दरगाहको व्यवस्थापन गरिरहेको इन्टरमोडल यातायात विकास समितिले खुला प्रतिस्पर्धाबाट नेपाल फ्रेट सर्भिस जेभीलाई बन्दरगाह सञ्चालनको अनुमति दिएको हो ।

उक्त कम्पनीले सरकारलाई ५ वर्षमा २ करोड ८८ लाख रुपैयाँ भाडा बुझाउने छ । यो परियोजना विश्व बैंकको १ अर्ब ६७ करोड ऋणमा बनेको हो ।

विकास समितिले आह्वान गरेको ग्लोबल टेण्डरबाट बन्दरगाह सञ्चालनका लागि २ वटा कम्पनीले आवेदन दिएकामा नेपाल फ्रेट सर्भिस जेभीले उच्च मूल्य बोलकबोल गरेको थियो ।

‘पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम पट्टा पट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्ने गरी चोभार सुक्खा बन्दरगाह सञ्चालक कम्पनीको रुपमा छनोट भएको छ,’ विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने ।

२२ चैत २०७८ देखि समितिको आन्तरिक व्यवस्थापनबाट सञ्चालन तथा व्यवस्थापन भइरहेको थियो ।

टर्मिनल पट्टाबहालमा दिने सम्बन्धी नियमावली, २०७० बमोजिम सुख्खा बन्दरगाहको व्यवस्थापन र सञ्चालन प्रतिस्पर्धात्मक प्रणाली मार्फत् छनोट भएको विकास समितिले जनाएको छ ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडेलमा ५ वर्षका लागि हुने सञ्चालन समझदारी भने केही दिनमा हुने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?