+
+

नेत्रहीन क्रिकेट प्रतियोगितामा बागमती च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते २०:००

२१ मंसिर, काठमाडौं । ३२औं अपाङ्गता दिवसको अवसरमा नेत्रहिन क्रिकेट संघ, नेपालले आयोजना गरेको नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि बागमतीले जितेको छ ।

मूलपानी क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा कास्कीलाई हराएर बागमती च्याम्पियन बनेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको कास्कीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १५४ रन बनाएको थियो । कास्कीको लागि सुनिल राना मगरले सर्वाधिक ५३ रन बनाएका थिए ।

बलिङमा बागमतीका किरण चलाउनेले २, निश्चल शिवाकोटी, भुपराज पाठक र सुजन श्रेष्ठले समान १ विकेट लिए ।

१५५ रनको लक्ष्य बागमतीले १५.५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो । बागमतीका लागि भुपराज पाठकले सर्वाधिक ४१ रन बनाएका थिए । कास्कीका युवराज भण्डारीले २ विकेट लिए ।

बागमतीका भुपराज पाठक फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए ।

मंसिर १७ देखि २० गतेसम्म मुलपानी क्रिकेट मैदानमा भएको प्रतियोगितामा कास्की, म्याग्दी, सिन्धुपाल्चोक, बागमती काठमाडौं तथा राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोली सहभागी थियो ।

विजेता बागमतीले ३० हजार तथा उपविजेता कास्कीले १५ हजार रुपैयाँ प्राप्त गरे । प्लोयर अफ द सिरिज कास्कीका सुनिल राना मगर भएका थिए । नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरेले राज्यले समावेशी खेलकुदलाई पक्षपात गरेको भन्दै समावेशी खेलकुद तथा अपाङ्गता भएका खेलाडीहरुको उचित सम्मान हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?