+
+

आन्तरिक रेमिट्यान्स सानो आकारमा मात्रै खुल्छ : गभर्नर अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १५:१०

२२ मंसिर काठमाडौँ । नेपाल नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेलाई सानो आकारको आन्तरिक रेमिट्यान्स मात्रै खुलाउने तयारी भएको बताएका छन् । मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गरेपछि पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

हुण्डी कारोबार बढेको भन्दै आन्तरिक रेमिट्यान्स सेवा नै बन्द गरिदिएपछि जनतालाई एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउन अप्ठ्यारो हुँदै आएको छ ।

अध्ययन गरेर नै नै रेमिट्यान्स सेवा बन्द गरेको उनले बताए । ‘सुरूमा १ लाख, २५ हजार हुँदै बन्द गरेको हो । तर, विभिन्न एजेन्सीले समस्या भयो । तल्लो तहमा पैसा पठाउन समस्या भयो भनेपछि हामीले अध्ययन गरिरहेका छौ’, उनले भने  ‘अध्ययन अन्तिम चरणमा पुगेको छ । त्यसबाट प्राप्त सुझावका आधारमा १०-१५ हजारको सीमा राखेर खुलाउने तयारीमा छौँ ।’

गभर्नर अधिकारीले मुद्रास्फीति घट्दै गएकाले मौद्रिक नीतिको समीक्षा मार्फत नीतिगत दर हेरफेर गरेको बताए । ‘केही दिनमा प्रकाशित हुने तथ्यांकले त्यो पुष्टि हुन्छ ।  मुद्रास्फीति घटेको छ’, उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?