+
+

९ दिनमै तोलामा ५६ सय घट्यो सुनको भाउ

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २७ गते ११:३५

२७ मंसिर, काठमाडौं । नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो ।

मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो । त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।

बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ । त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो भने पुस १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो । पुस १८ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?