+
+

दुई दिनमा सुनको मूल्य १ हजार घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २२ गते ११:४०

२१ माघ, काठमाडौं । दुई दिनमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । आइतबार ६ सय र सोमबार ४ सय रुपैयाँ मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

शुक्रबार तोलामा १ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार ६ सय रुपैयाँ घटेर १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १३९५ रुपैयाँ रहेको चाँदी सोमबार १३९० मा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?