+
+

नेपालगञ्ज आईसीपी एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते ११:१०

४ पुस, काठमाडौं । नेपालगञ्ज एकीकृत जाँच चौकी (आईसीपी) सञ्चालनमा ल्याउन नेपाल इन्टरमोडल यातायात विकास समितिले पहल गरेको छ ।

मंगलबार एकीकृत जाँच चौकी निमार्ण सम्पन्न गर्न समितिको पहलमा सर्वपक्षीय छलफल समेत भएको छ ।

छलफलमा भारतका परराष्ट्र मन्त्रालयका सहसचिवले निर्माण कार्यलाई तीव्रता दिन र बाँकी काम १ महिनाभित्र सम्पन्न गर्न ठेकेदारलाई निर्देशन दिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापारलाई थप सरल, व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपाल–भारत बीच चार सीमा नाकाहरु (विराटनगर, वीरगञ्ज, भैरहवा र नेपालगञ्ज) मा दुवै तर्फ समान रुपमा एकीकृत जाँच चौकीको निर्माण गर्न नेपाल सरकार र भारत सरकार बीच ३ अगस्ट, २००५ मा सम्झौता भएको थियो ।

सोही सम्झौता अनुसार वीरगञ्ज र विराटनगरमा एकीकृत जाँच चौकीको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् ।

नेपालगञ्ज एकीकृत जाँच चौकीको निर्माण २६ असोज २०७६ देखि सुरु भएको हो । ४४.३६ हेक्टर क्षेत्रफलमा फैलिएको यस एकीकृत जाँच चौकीको निर्माण कार्य हाल अन्तिम चरणमा रहेको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले १८ जेठ २०८० मा उक्त एकीकृत जाँच चौकीको संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
उद्घाटन भएको ६ महिना हुन लागदा समेत निमार्ण सम्पन्न हुन सकेको छैन ।

नेपालगञ्ज एकीकृत जाँच चौकीमा मंगलबार भएको सर्वपक्षीय छलफलमा भारतीय पक्षबाट परराष्ट्र मन्त्रालयका सहसचिवका साथै निर्माण कम्पनी, सरोकारवाला सहितको पदाधिकारी सहभागि थिए ।

नेपालगञ्ज आईसीपीको बाँकी काम सम्पन्न गर्नमा देखिएका समस्याहरुका बारेमा छलफल भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?