+
+

‘ह्रस्वदीर्घ’मा कलाकारको पल्टन : संचिता लुइँटेलदेखि प्रशान्त ताम्राकारसम्म जोडिए

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ९ गते १२:१०

काठमाडौं । चन्द्र पन्तको निर्देशनमा बनिरहेको फिल्म ‘ह्रस्वदीर्घ’मा कलाकारको ‘लाइनअप’ बलियो देखिएको छ । नाम चलेका नेपाली र भारतीय कलाकारको ‘पल्टन’ यो फिल्ममा देखिन्छ ।

निर्माताले सोमबार थप चारजना चर्चित कलाकारको नाम घोषणा गरेका छन् जसले यो साताबाट छायांकन सेट ज्वाइन गर्नेछन् । निर्देशक पन्तका अनुसार संचिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ पनि फिल्ममा अनुबन्धित भएका छन् ।

फिल्ममा यसअघि नै ‘गजनी’ अभिनेता प्रदीप रावतदेखि नेपाली कलाकारहरु सरोज खनाल, बिपना थापाजस्ता चलेका नामहरु जोडिएका छन् । ‘सकेसम्म सानो रोलमा पनि नाम चलेका कलाकारलाई जोडौं भन्ने हाम्रो उद्देश्य हो’ कास्टिङबारे निर्देशक पन्तले अनलाइनखबरसँग भने ।

यो फिल्मबाट डेढ दशकपछि बिपनाले पुनरागमन गर्दैछिन् । उनको भागको छायांकन केही दिनमा हुनेछ । बलिउड अभिनेता रावत पनि केही दिनमा नेपाल आउँदैछन् । फिल्मको दोस्रो चरणको छायांकन एक महिनासम्म नवलपरासी, चितवन र सौराहामा चल्ने जनाइएको छ ।

तेस्रो चरणको छायांकन फेब्रुअरी अन्त्यमा भारतको मुम्बईमा गर्ने योजना छ । अभिनेता नीता ढुंगानाको फिल्म कम्पनी नीता ढुंगाना फिल्म्सको ब्यानरमा यो फिल्मको सुटिङ भैरहेको छ । यो फिल्मलाई हलसँगै चर्चित भारतीय ओटीटी प्लेटफर्ममा रिलिज गर्ने निर्माताको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?