+
+

पूर्वमिस नेपाल अश्मी श्रेष्ठले गरिन् प्रेमीसँग इन्गेजमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २० गते ११:५७

काठमाडौं । पूर्वमिस नेपाल वर्ल्ड अश्मी श्रेष्ठले प्रेमीसँग इन्गेजमेन्ट गरेकी छन् । सशांकलाल श्रेष्ठ नामका युवकसँग उनले बिहीबार अमेरिकाको न्युयोर्कमा इन्गेजमेन्ट गरेकी हुन् ।

नेपाली समयानुसार बिहीबार बेलुका इन्स्टाग्राममा भिडियो जारी गर्दै मोडल तथा पूर्वमिस नेपाल श्रेष्ठले आफू इन्गेज भएको जानकारी दिएकी छन् । न्युयोर्कको आकर्षक लोकेसनमा उनीहरुले इन्गेजमेन्ट भिडियो छायांकन गरेका छन् ।

भिडियोको पृष्ठभूमिमा ब्रुकलिन पुल, इस्ट रिभर र म्यानहटनको सौन्दर्य स्पष्ट देखिन्छ । भुइँमा गुलाफ छरेर माहोललाई रोमान्टिक बनाइएको छ । भुइँमा घुँडा टेकेर सशांकले अश्मीलाई इन्गेजमेन्ट औंठी लगाइदिन्छन् र एकापसमा चुम्बन र आलिंगन गर्छन् ।

‘उसले प्रस्ताव राख्यो, मैले स्वीकारें । हामीले इन्गेजमेन्ट गर्‍यौं,’ अश्मीले लेखेकी छन् । उनको यो भिडियोमा मिस नेपालहरु प्रियंकारानी जोशी, श्रृंखला खतिवडा, मलिना जोशी, इशानी श्रेष्ठसहितका सेलिब्रेटीले बधाई दिएका छन् ।

अश्मी र सशांक एक वर्ष यता प्रेम सम्बन्धमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?