+
+

चितवनमा बोराभित्र भेटिएका दुवै शवको पहिचान

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १२:२९

२३ पुस, चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं. १२ स्थित मिलनचोकमा गत मंसिर ६ गते बोराभित्र भेटिएका दुई वटा शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार हत्या गरेर बोरामा शव पोको पारेर फालिएका पुरुष र महिला दुवै भारतीय नागरिक हुन् । उनीहरुको हत्या पनि भारतीय नागरिकले नै गरेको चितवन प्रहरीले जनाएको छ ।

भारत मोतिहारीका उनीहरु चितवनको भरतपुरमा व्यापार गरेर बस्ने गरेका थिए । उनीहरुको हात, खुट्टा र घाँटी डोरीले बाँधेर हत्या गरी कल्भर्ट मुनि फालिएको अवस्थामा शव भेटिएको थियो ।

शवको पहिचान लामो समयसम्म नभएपछि प्रहरीले पहिलोपटक हुलिया र दोस्रोपटक उनीहरुको स्केच सार्वजनिक गरेको थियो ।

अनुसन्धानको क्रममा शवको ३ हप्ता अघि नै पहिचान खुलेको र हत्यामा संलग्न व्यक्ति भारतमै अर्को एक हत्यामा संलग्न भएको पाइएको चितवन प्रहरीले जनाएको छ । उनी भारतकै प्रहरी नियन्त्रणमा रहेकाले नेपाल ल्याउन नमिलेको प्रहरीको भनाइ छ । हत्यामा संलग्न व्यक्तिसँग बयान लिन नेपाल प्रहरीको एक टोली भारतको बिहार नै पुगेको थियो ।

यो घटना विवाहेत्तर सम्बन्धसँग सम्बन्धित रहेको प्रहरीको भनाइ छ । विवाहेत्तर सम्वन्ध थाहा पाएपछि महिलाका श्रीमानले भरतपुर बसपार्क नजिकै दुवै जनाको हत्या गराएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?