+
+
Shares

लागुऔषधसहित १६ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ।
  • काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित ६ जना पक्राउ परेका छन्।
  • प्रहरीले उनीहरूको साथबाट कोकिन, गाँजा, खैरो हेरोइन, ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ।

१३ मङ्सिर, काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार काठमाडौँको ठमेल, गौशाला र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन विदेशीसहित ६, कैलालीको गोदावरी नगरपालिकाबाट तीन जना पक्राउ परेका छन् ।

यस्तै, मोरङको बेलबारी नगरपालिका–३ मिरमिरे टोलबाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ बाट एक, झापाको बिर्तामोड नगरपालिका–५ बाट एक, सुनसरीको रामधुनी नगरपालिका–५ झुम्का बजारबाट दुई र सिन्धुलीको दुधौली नगरपालिका–१० लभडाँडाबाट एक जना पक्राउ परेका छन् ।

प्रहरीले उनीहरुको साथबाट लागुऔषध कोकिन, गाँजा र खैरो हेरोइन तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि ट्रामाडोल र स्पास्पेन बरामद गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?