+
+

मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न किरात समुदायको माग

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १८:३७

२३ पुस, काठमाडौं । किरात समुदायले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा समावेश गर्न माग गरेको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको सम्बन्धमा संशोधन प्रश्ताव राख्दै किराँत समुदायका अगुवाहरुले मुन्धुम शिक्षालाई विद्यालयको पाठ्यक्रममा राख्नुपर्ने बताएका हुन् ।

किरात समुदायका अगुवाहरुले विधेयकमाथि संशोधन राख्दै माध्यामिक तहमा प्राविधिक शिक्षा, साधारण शिक्षा, परम्परागत शिक्षा र आदिवासी ज्ञान शिक्षाका धारमा पढाइ हुने व्यवस्था गर्नुपर्ने बताए ।

बैठकमा बोल्दै किराँत समुदायका अगुवा अमर तुम्वाहाङ लिम्बूले परम्परागत शिक्षा अन्तर्गत संस्कृत धारमा पढाइ हुने विद्यालयका अतिरिक्त गुरुकुल, गुम्बा, मुन्धुम/मुन्दुम/मुक्दुम, आश्रम तथा मदरसा शिक्षा लगायतका परम्परागत शैक्षिक संस्थामा अध्ययन हुने शिक्षालाई समावेश गर्नुपर्ने बताउनुभयो ।

उनले शिक्षणको माध्यम भाषा मातृभाषा पनि हुनुपर्ने बताए । उनले गणित, विज्ञान र कम्युटरको शिक्षण अंग्रेजीमा पढाउने बाध्यकारी व्यवस्था गर्नु नहुने पनि बताए ।बैठकमा बोल्दै किरात राई यायोख्याका कार्यबाहक अध्यक्ष जनक राईले पनि माध्यामिक शिक्षामा पढाइ हुने धारमा मुन्धुम/मुन्दुम/मुक्दुमलाई समावेश गर्नुपर्नेमा जोड दिए ।

मातृभाषाको संरक्षण गर्नका लागि बालबालिकाहरुलाई मातृभाषामै शिक्षा दिनुपर्ने बताए । मातृभाषामा पढाउन नसकेको खण्डमा विभिन्न जातजातिका भाषा, संस्कृतिको संरक्षण हुन नसक्ने भन्दै कानून बनाउँदा यसतर्फ ध्यान पुर्‍याउनुपर्ने बताए ।

त्यसैगरी बैठकमा बोल्दै किराँत समन्वय समितिका संयोजक अमृतबहादुर सुनुवारले विद्यालय तहमा मुन्धुम पढाइ हुनुपर्ने बताए । उनले पनि माध्यामिक तहमा आदिवासी शिक्षा सम्बन्धी पाठ्यक्रम राख्नुपर्ने बताए ।

मातृभाषाका लागि शिक्षक दरबन्दीको पनि व्यवस्था हुनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?