+
+

तेक्वान्दोकी साग गोल्ड मेडलिस्ट काजल अब अन्तर्राष्ट्रिय रेफ्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते ९:००

२७ पुस, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) कि गोल्ड मेडलिस्ट खेलाडी काजल श्रेष्ठ नेपालकी कान्छी अन्तर्राष्ट्रिय तेक्वान्दो रेफ्री बनेकी छन् ।

त्रिभुवन आर्मी क्लबबाट तेक्वान्दो खेल्ने उनले वर्ल्ड तेक्वान्दोले आयोजना गरेको १२६औं इन्टरनेशनल ग्योरोगी रेफ्री सेमिनारमा उनले उक्त उपलब्धि हासिल गरेकी हुन् ।

अन्तर्राष्ट्रिय रेफ्रीको कोर्स पास गरेपछि २६ वर्षीया काजलले तेक्वान्दोमा आफू नेपालकै सबैभन्दा कान्छी रेफ्री बनेकी बताइन् ।

अन्तर्राष्ट्रिय रेफ्री बनेपछि काजलले अब साग र एसियन गेम्स अफिसियल स्तरको तेक्वान्दो खेलाउन पाउनेछिन् ।

फोर्थ डान ब्ल्याकबेल्टधारी काजलले शरीर थाकेपनि सपना पूरा गर्न विश्वास र आँट कहिल्यै नथाक्ने भन्दै यसबाट आफू एकदमै खुशी भएको उनले सुनाइन् । ‘शरीर थाकोस् सपना पुरा गरी सफल हुने विश्वास र आँट कहिल्यै नथाकोस्’, काजलले भनिन्, ‘मेरो यो यात्रामा मलाई सहयोग गर्ने सबैलाई एकदमै धन्यवाद । नेपाल तेक्वान्दो संघ, वर्ल्ड तेक्वान्दो र त्रिभुवन आर्मी क्लबलाई धन्यवाद,’ काजलले भनिन् ।

सन् २०१४ मै ताइवानमा भएको दशौँ जुनियर वर्ल्ड च्याम्पियनसिप खेलेकी काजलले २०१९ मा नेपालमै भएको १३औं सागमा ४६ केजी तौलमा स्वर्ण जितेकी थिइन् । यस्तै उनले गत वर्ष अजरवैजानमा भएको वर्ल्ड तेक्वान्दो च्याम्पियनसिप समेत खेलकी थिइन् ।

काजलले २०१५ मा मलेसियामा भएको सारावाक चिफ मिनिस्टर बोर्नेओ कप, २०१७ मा काठमाडौंमै भएको पहिलो वुमन्स अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१७ मै भएको भएको दोस्रो इन्डियन ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप, २०१८ मा काठमाडौंमा भएको काठमाडौं ग्योरोगी इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप, २०२१ मा भएको नेपाल ओपन भर्चुअल इन्टरनेशनल तेक्वान्दो च्यामपियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै उनले अन्य विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा रजत र कांस्य पनि जितेका छन् ।

उनले विभिन्न राष्ट्रिय प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जितेकी छन् भने विभिन्न प्रतियोगितामा उत्कृष्ट महिला खेलाडीको अवार्ड समेत जितेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?