+
+

एसीसी वुमन्स प्रिमियर कप मलेसियामा हुने, नेपालसहित १६ टोलीले प्रतिस्पर्धा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २७ गते ११:०८

२६ पुस, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप आगामी फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुने भएको छ ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) बिहीबार वर्ष २०२४ का लागि वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै महिला वुमन्स कपको मिति तय गरेको हो ।

टी २० फर्म्याटमा हुने प्रतियोगितामा कूल १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक मलेसियासहित नेपाल, थाइल्याण्ड, युएई, हङकङ, चीन, म्यानमार, इन्डोनेसिया, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र माल्दिभ्सले खेल्नेछन् ।

यस प्रतियोगिताको शीर्ष दुई टोलीले महिला एसिया कप टी २० क्रिकेट खेल्न पाउनेछ ।

एसीसीले सार्वजनिक गरेको क्यालेन्डर अनुसार महिला एसिया कप जुलाईमा हुनेछ । जसमा भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित प्रिमियर कपका शीर्ष दुई टोली गरी कूल ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको महिला टोलीले पछिल्लो पटक गत सेप्टेम्बरमा मलेसियामै भएको आईसीसी वुमन्स टी २० विश्वकप एसिया रिजन क्वालिफायर खेलेको थियो ।

त्यसपछि नोभेम्बरमा हङकङमा चार देश सहभागी टी २० सिरिज खेलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?