+
+

बलिउडको पहिलो एरियल-एक्सन फिल्म ‘फाइटर’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १ गते १२:३७

काठमाडौं । ‘पठान’ र ‘वार’जस्ता व्यावसायिक हिट बलिउड फिल्म निर्देशन गरेका सिद्धार्थ आनन्दको नयाँ फिल्म ‘फाइटर’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा ऋतिक रोशन, दीपिका पादुकोण र अनिल कपुरको शीर्ष भूमिका छ ।

यो एक एक्सन फिल्म हो, जसमा दीपिका र ऋतिक स्क्वाड्रन लिडर बनेका छन् । फिल्ममा अनिलले ग्रुप क्याप्टेन शमशेर पठानियाको भूमिका निर्वाह गरेका छन् । यो फिल्मलाई बलिउडको पहिलो एरियल-एक्सन फिल्म बताइएको छ ।

तीन मिनेट लामो ट्रेलर एक्सनप्रधान छ । यो एक बदलाको कथा हो । पाकिस्तानका कट्टरवादीको आक्रमणमा ४० भारतीय सैनिक जवानले ज्यान गुमाएपछि त्यसको बदला लिन भारतको वायुसेनाले पाकिस्तान नियन्त्रित कश्मीरमा गर्ने हवाई आक्रमणको कथा यसमा छ ।

फिल्मको केन्द्रमा भारत–पाकबीचको लडाईंको कथा पेश गरिएको छ । माघ ११ गते भारतको रिपब्लिक डेको अवसरमा रिलिज हुने यो फिल्मको केन्द्रमा भारतको राष्ट्रवाद पोतिएको छ ।

फिल्ममा दीपिका र ऋतिकलाई लभ इन्ट्रेस्टको रुपमा देखाइएको छ । यो फ्रेन्चाइजको पहिलो फिल्म हो । ‘फाइटर’बाट निर्देशक आनन्दले धेरै आशा राखेका छन् । उनले अहिलेसम्म दर्शकले पर्दामा नदेखेको दृश्यलाई ‘फाइटर’मा देखाइने बताए । फिल्मको कथा सिद्धार्थ आनन्दसँगै भारतीय सेनाका पूर्वअधिकृत तथा लेखक रामन छिबले लेखेका हुन् ।

नेपालमा यो फिल्मलाई ब्यांकटेस इन्टरटेनमेन्टले रिलिज गर्दैछ । आईएमडीबी र पिंकभिल्लाले ‘फाइटर’लाई सन् २०२४ को सबैभन्दा प्रतीक्षित फिल्मको रुपमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?