+
+

चन्द्रागिरि नगरपालिकामा १५ शय्याको अस्पताल शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ३ गते २०:०२

३ माघ, काठमाडौ । काठमाडौंको चन्द्रागिरि नगरपालिकामा-१५ शय्याको अस्पताल निर्माण हुने भएको छ । वडा नम्बर ४ स्थित थानकोटमा नगर अस्पताल भवनको बुधबार मेयर घनश्याम गिरिले शिलान्यास गरेका छन् ।

२४ महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कार्यको टेन्डर मार्फत जिम्मेवारी एमए निर्माण प्रालिले लिएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गिरिले समयावधि भित्रै निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिए । नगरपालिकाले चाँडै निःशुल्क शव बहानको पनि व्यवस्था गर्न लागेको उनले जानकारी दिए ।

जर्मन विकास बैंकले निर्माण गर्न लागेको १ अर्ब बराबरको प्रसुति अस्पताल निर्माण प्रक्रिया पनि छिट्टै सुरु हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?