+
+

निजी क्षेत्रबाट पहिलोपल्ट विद्युत् उत्पादन गर्ने उद्यमी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ४ गते ११:१९

४ माघ, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले निजी क्षेत्रबाट पहिलोपल्ट विद्युत् उत्पादन गर्ने उद्यमीलाई सम्मान गरेको छ ।

राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनीहरूलाई सम्मान गरे ।

एक मेगावाटभन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रूपमा १० माघ २०५८ मा सम्पन्न नेसनल हाइड्रोपावर कम्पनीलाई सम्मान गरिएको हो । कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । नेसनल हाइड्रोपावरका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो ।

कार्यक्रममा एक मेगावाटभन्दा सानो पहिलो जलविद्युत् आयोजनाका रूपमा १ सय ८३ किलोवाटको स्याङ्गे साना जलविद्युत् आयोजनालाई सम्मान गरिएको छ । निजी क्षेत्रले निर्माण गरेको जलविद्युत् आयोजनामा पहिलोपल्ट लगानी गरेको नबिल बैंक (तत्कालीन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संलग्न पहिलो निर्माण कम्पनी एभरेस्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीमा आईजीआई प्रडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मान गरिएको छ ।

त्यस्तै ऊर्जा मन्त्रालयका सहसचिवद्वय नविनराज सिंह र सन्दीपकुमार देव, विद्युत् विकास विभाग महानिर्देशक चीरञ्जीवी चटौत र नेपाल विद्युत् प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक प्रवल अधिकारीले ‘इप्पान विशेष सम्मान’ प्राप्त गरेका छन् । ‘वरिष्ठ ऊर्जा पत्रकारिता सम्मान’ बाट जलसरोकार डटकमका प्रधानसम्पादक विकास थापालाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?