+
+

काठमाडौंमा चौथो हिमालयन हाइड्रो एक्स्पो सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १२ गते १०:०२

१२ वैशाख, काठमाडौं । चौंथो हिमालयन हाइड्रो एक्स्पो बुधबारदेखि काठमाडौंमा शुरु भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान)ले आयोजना गरेको तीन दिने एक्स्पोको अवसरमा स्काई टावरदेखि विद्युतीय सवारी साधनहरुको र्‍याली निकालिएको छ । र्‍यालीमा ३ सय भन्दा बढी विद्युतीय सवारीसाधनहरु सहभागी थिए ।

स्काइ टावरबाट सुरु भएको र्‍याली नयाँबानेश्वर हुँदै कोटेश्वर, सातदोबाटो, एकान्तकुना, कुपण्डोल, लैनचौरबाट भृकुटीमण्डपमा आएर सकिएको थियो ।

एक्स्पोको औपचारिक उद्घाटन गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले आयोजना गरेको लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

‘लगानी सम्मेलनको पूर्वसन्ध्यामा हिमालयन हाइड्रो एक्स्पोको आयोजना भइरहेको छ । यसले लगानी सम्मेलनलाई अझ सार्थक बनाउनेछ,’ मन्त्री बस्नेतले भने, ‘नेपालको जलस्रोत जुन प्रकृतिको छ, यसको महत्व जुन प्रकारको छ, त्यही रुपमा सदुपयोग अझ गर्न थप काम गर्नुपर्ने आवश्यकता छ । आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट यस क्षेत्रको विकास र बिस्तारको लागि काम गर्नेछौँ ।’

कार्यक्रममा स्वतन्त्र ऊर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको जानकारी दिए ।

सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै उनले त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?