+
+

लमजुङमा घर जल्दा एक महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ५ गते १२:०५
फाइल फोटो

५ माघ, लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ स्यागेमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

४५ वर्षीय राजेन्द्र श्रेष्ठको कच्ची घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा उनकी ४१ वर्षीया श्रीमती सन्तमाया श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घर, पसल, मोटरसाइकल, नगद १० लाख ३५ हजार २ सय रूपैयाँ समेत जलेर करिब १ करोड ४४ लाख ७५ हजार २ सय रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?