+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

बुटवलको डेल्टा मार्टमा लागेको आगो पाँच घण्टापछि नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार ७ गते ७:०६

७ असार, लुम्बिनी । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा लागेको आगो झण्डै पाँच घण्टापछि नियन्त्रणमा आएको छ ।

आगलागीबाट करोडौँ रकम बराबरको क्षति भएको अनुमान गरिएको तर यकिन विवरण नआइनसकेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले बताए ।

तीन तलाको मार्टको माथिल्लो तलाबाट विहीबार बेलुकी आगलागी सुरु भएको  थियो । आगो निभाउन  नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।

आगलागी नियन्त्रणमा लिन दमकल प्रयोग गरिएको थियो । आगो निभाउनका लागि रुपन्देहीका तिलोत्तमा, सैनामैना, सिद्धार्थ, देवदह, सुनवल नगरपालिका, कपिलवस्तुको शिवराज नगरपालिका र भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट समेत दमकल ल्याइएको थियो ।

तर आगलागीबाट मार्ट  पूर्णरुपमा जलेको छ । तर वरिपरिका अन्य घरहरुमा भने आगो सल्कनबाट जोगिएको प्रहरीको भनाइ छ ।

उक्त मार्टमा शैक्षिक सामग्रीसहित जुत्ताचप्पल र नेपालमा उत्पादित कपडालगायतका पसल तथा केही कम्पनीका कार्यालय थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?