+
+

क्रियाशील सदस्यता खारेज गर्न कांग्रेसको कास्की सभापतिको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ९ गते १५:०७

९ माघ, पोखरा । नेपाली कांग्रेसको कास्की जिल्ला सभापति किशोरदत्त बरालले जिल्ला सम्मेलनमा क्रियाशील सदस्यता खारेजीको प्रस्तावसहित राजनीतिक प्रतिवेदन पेश गरेका छन् । मंगलबार सुरु भकएको सम्मेलनमा उनले क्रियाशील सदस्यको नवीकरण नगर्ने बरु खारेज गर्ने प्रस्ताव गरेका हुन् ।

‘हाम्रो अध्ययन र अनुभवले के देखाएको छ भने हामीले क्रियाशील सदस्यहरू नेपाली काङ्ग्रेसका लागि होइन, आफ्ना लागि बनाएका छौं । यस कार्यमा नेताहरू मात्रै दोषी हुनुहुन्न हामीहरू पनि दोषी छौं’, बरालको प्रस्ताव छ, ‘यसैले अब हामीहरूले अनुशासन, मर्यादा, मूल्य, योगदान र क्षमतामा आधारित भएर नयाँ क्रियाशील सदस्यता वितरण गर्नु पर्दछ र नयाँ क्रियाशील सदस्यहरूबाट विभिन्न तहका समितिहरूको निर्वाचन गर्नु पर्दछ ।’

बरालले एउटै पदमा धेरै पदाधिकारी रहने व्यवस्था पनि खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । सभापति शेरबहादुर देउवा पनि सहभागी सम्मेलनमा उनले पार्टीमा उमेरको बहस होइन विचारको बहस हुनुपर्ने धारणा राखेका छन् ।

सभापति बरालले सङ्घीयताको औचित्यमाथि छलफल र बहस गर्न पनि प्रस्ताव गरेका छन् । ‘हामीले कसरी सङ्घीयता स्थापनाको औचित्यतालाई पुष्टि गर्न सक्छौं होला ? नागरिकको सामाजिक, आर्थिक जीवनमा देखिने परिवर्तन नै विकास हो तर सङ्घीयता पछाडिका दिनहरूमा यो अवस्था कहीँकतै पनि देखिएको छैन,’ बरालले प्रतिवेदनमा भनेका छन् ।

क्षेत्रफल र जनसङ्ख्याको हिसाबले यति सानो देशलाई किन ७ प्रदेशमा बाँडेको भन्दै उनले प्रश्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?