+
+

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १७ गते ११:४१

१७ माघ, काठमाडौं । भक्तपुरमा रोकिएको गाडीमा ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर सूर्यविनायक नगरपालिका-२ बालकोटका २४ वर्षीय समन भुजेल रहेका छन् । गाडीमा ठोक्किएर सख्त घाइते भएका उनको मध्यपुर थिमि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मंगलबार राति २१:५० बजे मध्यपुर ठिमी नगरपालिका-४ चारदोबाटोस्थित आकाशे पुल नजिकै रोकिएको बा ५ ख. २५१ नं. को गाडीमा भुजेल चढेको प्रदेश नं. ३ -०२-००९ प ७००७ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

भुजेलको शव पोष्टमार्टमका लागि भक्तपुर अस्पतालमा राखिएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि बसेकी बालकोटकै २० वर्षीया सोफिया ठकुरी पनि घाइते भएकी छन् । उनको भक्तपुर ईन्टरनेशनल अस्पताल ठिमीमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?