+
+

जनवरीमा भित्रिए ७९ हजार पर्यटक

२०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १८ गते १४:२६

१८ माघ, काठमाडौं । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार १ सय विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो गत वर्ष यसै महिनाको तुलनामा २४ हजार २६ ले बढी हो । २०२३ जनवरीमा ५५ हजार ७४ पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

सरकारले यसपालि गत वर्षको तुलनामा दोब्बरले पर्यटक बढाउने घोषणा गरिसकेको छ । बोर्डका अनुसार जनवरीमा भारतीय पर्यटक आगमन पहिलो स्थानमा छ । भारतबाट २४ हजार १ सय ३९ नेपाल भ्रमणमा आएका छन् ।

चीनबाट ७ हजार २ सय ६७ आएका छन् । अमेरिकाबाट ७ हजार ४७ नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ । चौथो नम्बरमा थाइल्यान्ड छ । त्यहाँबाट ४ हजार ६ सय १९ आएका छन् । त्यस्तै दक्षिण कोरियाबाट ३ हजार ८ सय १२, बंगलादेश ३ हजार ६ सय २९ र अस्ट्रेलियाबाट ३ हजार ४ सय २१, बेलायत ३ हजार २ सय ७६, भुटान २ हजार २ सय २९ र जापानबाट १ हजार ५ सय ६८ पर्यटक आएका छन् । यो महिनामा कुल ८१ हजार ८ सय ९७ जना नेपालबाट विदेशिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?