+
+

संसदमा गयल नहुन एमाले सांसदहरुलाई ओलीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते १७:५६

२० माघ, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन आग्रह गरेका छन् ।

संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन दुई दिन बाँकी छँदा शनिबार नयाँ बानेश्वर संघीय संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता ओलीले यस्तो आग्रह गरेका हुन् ।

विगतमा संसद बैठकमा सांसदहरु अनुपस्थित भएको सुनिने गरेको उल्लेख गर्दै ओलीले संसदमा नियमित उपस्थित हुन आग्रह गरेका हुन् ।

एमाले सांसद ठाकुर गैरेका अनुसार अध्यक्ष ओलीले संसदलाई प्रभावकारी बनाउन र जनताको पक्षमा आफूलाई खरो उतार्न सांसदहरुलाई निर्देशन दिएका छन् ।

संसद बैठकमा भ्रष्टाचार र सुशासनको विषयमा दह्रो रुपमा प्रस्तुत हुने र सरकारको काम कारबाही मिहीन ढंगले हेरेर उठाउनुपर्ने पनि अध्यक्ष ओलीको भनाइ छ ।

संघीय संसदको हिउँदे अधिवेशन सोमबार नै सुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?