+
+

आयोजना बाढीले बगाएपछि बरुण हाइड्रोपावर ३ करोड ७३ लाख नोक्सानीमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते ९:०१

२४ माघ, काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ३ करोड ७३ लाख रुपैयाँ नोक्सानीमा देखिएको छ । यस कम्पनीले निर्माण गरेको हेवाखोला साना जलविद्युत् आयोजना गत असार २ गते बाढीले बगाएपछि कम्पनीको आम्दानी नहुँदा नोक्सानी देखिएको हो ।

दोस्रो त्रैमासमा कम्पनीको बिक्री आम्दानी नै शून्य छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनी नोक्सानीमा गएसँगै वार्षिक प्रतिसेयर आम्दानी १३ रुपैयाँ ९४ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ छ । यस कम्पनीको सेयर मूल्य मंगलबार बजार बन्द हुँदा प्रतिकित्ता २७४ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?