+
+

बीसीसी बी डिभिजन क्रिकेट च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २४ गते २१:१२

२४ माघ, विराटनगर । मोरङ जिल्ला स्तरिय बी डिभिजन क्रिकेट प्रतियोगिता अन्तरगत विराटनगरको वैजनाथपुर क्रिकेट मैदानमा भएको फाइनल खेलमा विजयी हुँदै विराटनगर क्रिकेट क्लब (बीसीसी) च्याम्पियन बनेको छ ।

बीसीसीले बुधबार भएको फाइनल खेलमा झोराहाटको ग्रामथान क्रिकेट क्लवलाई सुपर ओभरमा पराजित गर्दै स वि डिभिजन क्रिकेट च्याम्पियन बनेको हो । खेलको निर्धारित ओभरमा दुवै टिमले बराबरीमा स्कोर गरेपछि खेल सुपर ओभरमा गएको थियो ।

टस जितेर ब्याटिङ गरेको बीसीसीले निर्धारित ३० ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाएको थियो । बीसीसीका अनिल यादवले ४१ रन बनाउँदा धिरज कामतले २३रन, अमन गुप्ताले १२ रन र कृतिक कामतले ११ रनको योगदान दिए ग्रामथानका आर्यन बास्कोटाले ३ विकेठ लिँदा निर्वेश लुइटेलले २ विकेट लिए ।

१ सय ४० रनको विजयी लक्ष पछ्याएको ग्रामथानले निर्धारित ओभरमा सवै विकेट गुमाई १ सय ३९ रन बनाए पछि खेल सुपर ओभरमा गएको थियो । ग्रामथानका अनिल विश्वकर्माले २८ रन बनाउँदा आर्यन बास्कोटाले नटआउट २० रन निर्वेश लुइटेलले १७ रन र विकाश कार्कीले १५ रनको योगदान दिए ।

विसिसिका म्यान अफ फाइनल रितेश झाले ४ विकेट लिँदा आर्यन शाहीले २ विकेट तथा कृतिक कामत , आशिष राजवंशी र अविशेक मण्डलले समान १–१ विकेट विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर बीसीसीका राहुल चौधरी ,उत्कुष्ट बलर विसिसिका अविशेक मण्डल र म्यान अफ द सिरिज पनि विसिसिका कृतिक कामत घोषित भए ।

माघ १७ गतेदेखि शुरु भएको प्रतियोगिता मोरङका १६ वटा बी डिभिजन क्लबहरु सहभागि रहेको जिल्ला अध्यक्ष महमद साद बाबुले बताए । विजयी तथा अन्य देलाडिलाई प्रमुख अतिथि पूवै राष्ट्रिय खेलाडि नन्दकिशोर राठी, मोर क्रिकेट सँघका अध्यक्ष महमद साद बाबुलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?