+
+

सुपरमाइ हाइड्रोपावरको नाफा १३ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १०:१७

२५ माघ, काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सुपरमाइ हाइड्रोपावरले ५ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीको नाफा १३ प्रतिशत घटेको छ । गत वर्षको दोस्रो त्रैमासमा कम्पनीको खुद नाफा ५ करोड ७६ लाख रुपैयाँ थियो । कम्पनीको विद्युत् बिक्री आम्दानी सामान्य बढेको छ, तर बिक्री लागतसँगै वित्तीय लागत पनि बढेको छ । जसले गर्दा कम्पनीको नाफामा सामान्य गिरावट देखिएको छ ।

कम्पनीले ६ महिनामा विद्युत बिक्रीबाट १३ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको दोस्रो त्रैमासमा यस्तो आम्दानी १३ करोड ६६ लाख रुपैयाँ थियो ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ५३ पैसा छ । प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ८८ पैसा छ । व्यवसायिक उत्पादन भएको ५ वर्ष पूरा भएकाले केही मेसिन थप गर्नुपर्ने तथा केही मर्मत गर्नुपर्ने अवस्था रहेकाले आगामी समय नाफामा प्रभाव पर्न सक्ने कम्पनीले औंल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?