+
+

एपीएफ शहीद स्मृति गोल्डकपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते २१:३५

२५ माघ, हेटौडा । सशस्त्र प्रहरी बलको एपीएफ  क्लब हेटौंडामा जारी छैटौं शहीद स्मृति गोल्डकपको फाइनलमा पुगेको छ ।

गौरीटार रंगशालामा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा एपीएफले सर्लाहीको बागमती युवा क्लबलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेर उपाधि नजिक पुगेको हो ।  एपीएफको जितमा अनिष महर्जन, प्रदीप लामा, सोङ र फोडे फोफानाले समान एक–एक गोल गरे ।

महर्जनले ४४ औं मिनेटमा हेडमार्फत गोल गर्दै खाता खोले । लामाको हेड गोलबाट एपीएफले खेलको ६० औं मिनेटमा अग्रता दोब्बर बनायो । फोडे फोफानाको पासमा सर्जसँगले ८१ औं मिनेटमा तेस्रो गोल गरे । फोफानाले दोस्रो हाफको अन्तिम मिनेटमा विजयी गोल गरे ।

खेलमा एपीएफका अनिष महर्जन म्यान अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ नगद पुरस्कार पाएका छन् । एपीएफले उपाधिका लागि न्यूरोड टिम (एनआरटी) फुटबल क्लबसँग २७ माघ शनिबार प्रतिस्पर्धा गर्नेछ । एनआरटीले बुधबार राजारानी क्लब धनकुटालाई सडनडेथमा पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको गोल्डकपको विजेताले नगद १५ लाख र उपविजेताले १० लाख रुपैयाँ पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल हात पार्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?