+

एसीसी वुमन्स प्रिमियर कप : हङकङलाई ८ विकेटले हराउँदै नेपालको सुखद् सुरुआत

२०८० माघ  २७ गते १८:१२ २०८० माघ २७ गते १८:१२
एसीसी वुमन्स प्रिमियर कप :  हङकङलाई ८ विकेटले हराउँदै नेपालको सुखद् सुरुआत

२७ माघ, काठमाडौं । एसीसी वुमन्स प्रिमियर कप-२०२४ को पहिलो खेलमा नेपालले हङकङविरुद्ध ८ विकेटको जित निकाल्दै सुखद् सुरुआत गरेको छ ।

मलेसियाको क्वालालाम्पुरस्थित सेलांगुर टर्फ क्लबमा जितका लागि हङकङले दिएको ९४ रनको लक्ष्य नेपालले दुई विकेट गुमाएर १४.१ ओभरमै भेटाएको हो ।

नेपालको जितका लागि कप्तान इन्दु बर्माले एक छक्का र तीन चौकासहित ४० रनको योगदान गरिन्  । सीता रानामगर एक छक्का र एक चौकासहित ३६ रनमा अविजित रहिन् भने कविता कुँवरले ४ रन जोडिन् ।

बलिङतर्फ हङकङकी इक्रा सहर र चानका मन बेट्टीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकलले ८ विकेट गुमाएर पूरै २० ओभर खेल्दै ९३ रन बनाएको थियो ।

हङकङकी कप्तान चान का यिंग क्यारीले सर्वाधिक २१ रन बनाइन् । मरियम बिबीले १९, यसमिन दसवानीले १५ र ओपनर नताशा माइल्सले ११ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

नेपालकी रुविना क्षेत्र र कविता जोशीले समान दुई/दुई, पुजा महतो र सीता रानामगरले एक/एक विकेट लिए ।

१६ देशको सहभागिता रहेको प्रतियोगितामा नेपाल समूह डी मा  छ । यस समूहमा हङकङ, भुटान र माल्दिभ्स छन् । हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् ।

सेमिफाइनल हुँदै फाइनल खेल्ने दुई टोलीले यसै वर्ष हुने वुमन्स एसिया कप खेल्न पाउनेछन् । सेमिफाइनल पुग्ने चार टोलीले एसीसी इमर्जिङ टिम्स एसिया कप २०२५ खेल्न पाउनेछन् ।

 

 

एसीसी वुमन्स प्रिमियर कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय