+
+

हिमालयन डिस्टिलरीको नाफा ४४ प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते ९:४१

२८ माघ, काठमाडौं । हिमालयन डिस्टिलरीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्त) वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा ४४ प्रतिशत घटेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा यस्तो नाफा २९ करोड ४२ लाख रुपैयाँ थियो । कम्पनीको सञ्चालन आम्दानी नै घटेपछि नाफामा उच्च गिरावट देखिएको हो । यस्तो सञ्चालन आम्दानी गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २ अर्ब ४४ करोड रुपैयाँ रहेकोमा अहिले १ अर्ब ८९ करोडमा खुम्चिएको छ ।

कम्पनीको नाफा घट्दा प्रतिसेयर आम्दानी पनि संकुचन भएको छ । पहिले वार्षिक प्रतिसेयर आम्दानी २२ रुपैयाँ रहेकोमा अहिले १२ रुपैयाँ २५ पैसामा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ छ । माग तथा खपतमा आएको उच्च गिरावट, उत्पादन लागतमा वृद्धि हुँदा समग्र व्यवसायमा संकुचन आएको र त्यसको प्रभाव वित्तीय विवरणमा परेको कम्पनीले स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?