+
+

हिमालयन डिस्टिलरीले घोषणा गर्‍यो लाभांश, साधारणसभा आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १८ गते १०:०२

हिमालयन डिस्टिलरीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई नगद र सेयर बोनस दिने घोषणा गरेको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत सेयर बोनस र प्रतिसेयर १५ रुपैयाँ लाभांश (करसहित) प्रदान गर्ने निर्णय गरेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

लाभांश पारित गर्नका लागि कम्पनीले साधारणसभा पनि बोलाएको छ । पुस १५ गतेका लागि कम्पनीले साधारणसभा बोलाएको छ । जसका लागि सेयरधनी दर्ता पुस्तिका पुस १३ गते बन्द हुनेछ । पुस १२ गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउने र साधारणसभामा भाग लिने अधिकार प्राप्त गर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?