+
+
Shares

नबिल बैंकले घोषणा गर्‍यो लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २१ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले करसहित लाभांश पाउने छन्।
  • लाभांश वितरणको निर्णय आगामी साधारणसभामा लैजाने र स्वीकृत भएपछि वितरण हुने बैंकले जनाएको छ।

२१ मंसिर, काठमाडौं । नबिल बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

सञ्चालक समिति बैठकले सेयरधनीका लागि गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १२.५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो । सेयरधनीले प्रतिकित्ता १२.५० रुपैयाँका दरले नगद लाभांश पाउने छन् ।

यो लाभांश करसहित हो । सञ्चालक समितिको लाभांश वितरणको निर्णय आगामी साधारणसभामा लैजाने र सो सभाबाट स्वीकृत भएपश्चात वितरण हुने बैंकले जनाएको छ ।

यसपटक बैंकले बोनस सेयर दिने छैन । गत आर्थिक वर्ष बैंकले १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५०२ रुपैयाँ हाराहारीमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?