+
+
Shares

नबिल बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ५ गते १३:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई ५ करोड अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न स्वीकृति दिएको छ।
  • यो सेयरमा लगानी गर्नेले वार्षिक ८ प्रतिशत प्रतिफल पाउनेछन् र संस्थागत लगानीकर्तालाई मात्र बिक्री हुनेछ।
  • अविमोच्य असञ्चिति अग्राधिकार सेयर पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ अनुसार अतिरिक्त टायर १ क्यापिटलमा गणना हुनेछ।

५ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्डले नबिल बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार (पर्पेक्च्युअल नन क्युमेलेटिभ प्रेफरेन्स) सेयर निष्कासन गर्न स्वीकृति दिएको छ ।

बैंकले अंकित मूल्य १ सयका दरले ५ करोड कित्ता सेयर निष्कासन गर्न स्वीकृति पाएको हो । सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल छ ।

यो सेयरमा लगानी गर्नेले वार्षिक ८ प्रतिशत प्रतिफल पाउने छन् । ‘८ प्रतिशत नबिल अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ नाम दिइएको छ ।

 के हो अविमोच्य असञ्चिति अग्राधिकार सेयर, सर्वसाधारणले लगानी गर्न पाउँछन् ?

यो एक विशेष किसिमको सेयर हो जुन, संस्थापक सेयरधनीले मात्रै किनबेच गर्न पाउँछन् । अंकित मूल्य १ सय रुपैयाँ तोकिएको हुन्छ ।

बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निस्कासन गर्न सक्नेछन् । परिपत्र विधिमार्फत निष्कासन हुने यस्तो सेयरमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउने छैनन् ।

यस्तो सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचीकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्थाअनुसार हुनेछ ।

यस्तो धितोपत्रको रकम फिर्ता वा साधारण सेयरमा परिवर्तन सम्बन्धी व्यवस्था राष्ट्र बैंकले तोकेबमोजिम हुने निर्देशिकामा उल्लेख छ ।

पूँजी कोषको दबाबमा रहेका बैंक तथा वित्तीय संस्थालाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने विकल्प यसअघि नै राष्ट्र बैंकले खुला गरेको थियो ।

बैंकहरूले जारी गर्ने अविमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी अवधि तोक्न नपाउने, संस्थागत लगानीकर्ताले मात्रै खरिद गर्न पाउने, यस्ता सेयरधनीलाई सञ्चित मुनाफाबाट लाभांश दिने नपाउने जस्ता सर्त तोकिएको छ ।

यस्तै संस्था खारेज भएमा निक्षेप, ऋणपत्र र पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजीपछि मात्रै यस्तो सेयर धारण गर्ने लगानीकर्ताले भुक्तानी पाउने व्यवस्था छ ।

पूँजी पर्याप्तता फ्रेमवर्क २०१५ ले जोखिम भारित सम्पत्तिको १.५ प्रतिशत यस्तो सेयर जारी गर्न पाउने व्यवस्था गरेको छ । यस्तो सेयर अतिरिक्त टायर १ क्यापिटलमा मात्रै गणना हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?