+
+
Shares

नबिल बैंकको ३० लाख कित्ता ऋणपत्र सूचीकृत

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २७ गते १८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक आठ वर्षे ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ।
  • ऋणपत्रको वार्षिक ब्याजदर ७ प्रतिशत र अंकित मूल्य १ हजार रहेको छ।
  • नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ।

२७ कात्तिक, काठमाडौं । नबिल बैंकको ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ नामक ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले सूचीकरण सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका थिए ।

आठ वर्षे अवधिको ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । १ हजार अंकित मूल्यका दरले ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको यस ऋणपत्र दोस्रो बजारमा बिहीबारदेखि कारोबार सुरु भएको बैंकले जानकारी दिएको छ । ऋणपत्र रजिष्ट्रार सेवासम्बन्धी काम नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले गर्नेछ ।

नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीलाई देशभरीका २६८ शाखा र ३२१ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । विगत चार दशकदेखि नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रका नवीनतम सेवामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?