+
+
WC Series
जनकपुर बोल्ट्स 2025
0/0
VS
पोखरा एभेन्जर्स 2025
115/4 (16.4)
Shares

नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंक र नेपाल इन बिजनेस-ग्रोथ अड्भाइजर्सबीच साना तथा मझौला उद्यमलाई कर्जा र प्राविधिक सहायता उपलब्ध गराउन रणनीतिक साझेदारी भएको छ।
  • फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालयले एनआईबी–जीए मार्फत ४० वटा साना तथा मझौला उद्यमलाई ८४ करोड रुपैयाँ बराबर एसएमई कर्जा उपलब्ध गराउनेछ।
  • नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङ सुविधा उपलब्ध गराउने र वित्तीय साझेदारका रुपमा अनुदान वितरण गर्नेछ।

११ मंसिर, काठमाडौं । नबिल बैंक र नेपाल इन बिजनेस- ग्रोथ अड्भाइजर्स (एनआईबी–जीए) बीच साना तथा मझौला उद्यमलाई कर्जा र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ ।

साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवाली र एनआईबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ ।

उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसीडीओ)ले एनआईबी–जीए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई ८४ करोड रुपैयाँ (४५ लाख पाउन्ड) बराबर एसएमई कर्जा उपलब्ध गराउने छ ।

बैंकका सीईओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीको मनोबल बढाउन सहयोग पुग्ने बताए ।

‘यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ’, उनले भने, ‘परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउनेछ ।’

एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे ।

साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआईबी–जीए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेसनल डेभेलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डीएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?