+
+
WC Series
जनकपुर बोल्ट्स 2025
13/2 (1.5)
VS
१०९ बलमा १४३ रन आवश्यक
पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

नवीकरणसम्बन्धी प्रावधानविरूद्ध विराटनगरमा औषधि व्यवसायीले थाले आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर ११ गते १७:०८

११ मंसिर, विराटनगर । म्याद सकिएको ३० दिनभित्र नवीकरण नगरे प्रमाणपत्र स्वत: रद्द हुने गरी औषधि ऐन २०३५ संशोधन भएपछि विराटनगरमा औषधि व्यवसायीले आन्दोलन सुरु गरेका छन् । नवीकरण सम्बन्धि प्रावधान खुकुलो बनाउन माग बिहीबार गर्दै व्यवसायीले प्रदर्शन गरेका हुन् ।

औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा ५ खारेज गर्नुपर्ने कोशी प्रदेशका औषधि व्यवसायीको माग छ ।

औषधि ऐन २०३५ को संसोधित दफा ११ को उपदफा २ अनुसार अनुज्ञा प्रमाणपत्र अवधि सकिनु अगावै नविकरण गर्नुपर्छ ।  उपदफा ३ मा म्याद सकिएको ३० दिन भित्र दोब्बर दस्तुरसहित नविकरण गर्न  सक्ने प्रावधान छ । ३० दिन भित्र नविकरण नगरे प्रमाणपत्र स्वत खारेज हुने प्रावधान उपदफा ५ मा छ ।

व्यवसायीले उपदफा ५ खारेज गर्नुपर्ने माग गरेका छन् । संघका मोरङ अध्यक्ष देशबन्धु ढकाल पेसागत सुरक्षामाथि समस्या हुने भएकाले प्रावधान सच्याउन माग गरिएको बताए । आन्दोलन चरणवद्ध रूपमा गर्ने उनले बताए ।

बिहीबार विराटनगर महानगरपालिका– ३ मा रहेको औषधि व्यवस्था विभाग परिसरमा प्रदर्शन गरेका औषधि व्यवसायीहरू ऐनलाई संशोधन गर्न माग गरे । औषधि व्यवसायीहरुले आफ्ना माग पूरा नभए थप आन्दोलनका कार्यक्रम गर्ने बताएका छन् ।

केही नेपाल ऐन संशोधन गर्ने ऐन २०८२ ले औषधिको दर्ता सम्बन्धि प्रावधान कसिलो बनाएको थियो । यो ऐन गत साउन २४ गते प्रमाणीकरणपछि कार्यान्वयनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?