News Summary
Generated by OK AI. Editorially reviewed.- कृषि विकास बैंकले सञ्चालक समितिको बैठकमा सेयरधनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर समावेश गरिएको छ।
- सरकारको पूँजीमा ६ प्रतिशत नगद लाभांश दिने निर्णय पनि बैंकले गरेको छ।
२० कात्तिक, काठमाडौं । कृषि विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको अघिल्लो दिन साँझ बसेको सञ्चालक समिति बैठकले सेयरधनीका लागि कुल १३ प्रतिशत लाभांश घोषणा गरेको हो । घोषित लाभांशमा करसहित ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर छ ।
साथै बैंकमा नेपाल सरकारको पूँजीमा ६ प्रतिशतले हुने नगद लाभांश पनि प्रदान गर्ने निर्णय गरेको हो । बजारमा हाल बैंकको सेयर मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ छ ।
सरकारको अग्राधिकार सेयर पूँजीमा बैंकले वार्षिक ६ प्रतिशत नगद लाभांश दिँदै आएको छ । यो लाभांश राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट पारित भएपछि प्रदान हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4