+
+
Shares

माउन्टेन इनर्जीको २१ प्रतिशत लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ११:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माउन्टेन इनर्जीले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ।
  • कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने र मंसिर १७ गते बुक क्लोज मिति तोकेको छ।
  • विद्युत् नियमन आयोगको स्वीकृति र साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश पाउनेछन्।

२१ कात्तिक, काठमाडौं । माउन्टेन इनर्जीले सेयरधनीका लागि २१.०५२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बिहीबार साँझ बसेको सञ्चालक समिति बैठकले चुक्ता पूँजीको १.०५२६ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । नगद लाभांश कर प्रयोजनका लागि मात्रै हुनेछ ।

साथै कम्पनीले मंसिर २९ गते साधारणसभा प्रस्ताव गर्ने भएको छ । सोका लागि मंसिर १७ गते बुक क्लोजको मिति तोकिएको छ । विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी साधारणसभाबाट लाभांश पारित भएपछि सेयरधनीले पाउने छन् । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६२२ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?