News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
- उनीलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए।
- फिल्म 'लालीबजार'को मुद्दामा आज न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा सुनुवाई भएको छ र आदेश आउन बाँकी छ।
काठमाडौं । सर्वोच्च अदालतको इजलासमा हुलहुज्जत गर्न खोजेपछि वादी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।
सर्वोच्चमा आज फिल्म ‘लालीबजार’को मुद्दामा सुनुवाई भएको छ । उक्त फिल्मको प्रदर्शन रोक्न माग गर्दै रोशनीले सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।
फिल्म ‘लालीबजार’ को मुद्दामा आजको सुनुवाई न्यायाधीशद्धय विनोद शर्मा र श्रीकान्त पौडेलको इजलासमा भएको छ । आदेश आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4