+
+
Shares

अर्जुननरसिंहले भने– प्रधानमन्त्रीले तोकेको मन्त्रीले टेबल गर्दा हुन्छ, ज्ञानेन्द्र र ऐनले भने– आउनैपर्छ

श्रम संस्कृतिका हर्क साम्पाङ त प्रधानमन्त्रीले अति नै गरेको भन्दै उठेर बैठकबाट बाहिरिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३० गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल हुँदा प्रधानमन्त्री बालेन शाह गयल भएको विषयले बैठक गर्माएको छ।
  • प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री अनुपस्थित रहेको विषयमा आपत्ति जनाएका छन्।
  • अर्जुननरसिंह केसीले जवाफ दिने बेला प्रधानमन्त्री आउनैपर्छ भनेपछि छलफल बहिष्कार गर्ने चेतावनी दिएका छन्।

३० वैशाख, काठमाडौं । प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल चल्दा प्रधानमन्त्री बालेन शाह गयल भएको विषयले आजको बैठक गर्माएको छ ।

शून्य समयमा सांसदहरुले बोलिसकेपछि सभामुख डिपी अर्यालले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई नीति तथा कार्यक्रममा उठेका प्रश्नबारे समय दिए ।

त्यसपछि प्रतिपक्षी कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति लगायत दलका सांसदले उठेर विरोध जनाए । उनीहरुले प्रधानमन्त्रीको आवाज सुन्न नपाइने संसदमा कसरी सरकारको नीति तथा कार्यक्रममाथि छलफल छ भनी प्रश्न उठाए ।

कांग्रेस सचेतक निश्कल राई, एमालेका ऐन महर, राप्रपाका ज्ञानेन्द्र शाही लगायतले प्रधानमन्त्री अनुपस्थित रहेको विषयमा आपत्ति जनाए । उनीहरूले प्रधानमन्त्री टेबुल गर्नकै लागि बैठकमा आउनुपर्ने बताए ।

श्रम संस्कृतिका हर्क साम्पाङ त प्रधानमन्त्रीले अति नै गरेको भन्दै उठेर बैठकबाट बाहिरिए नै ।

विवादकै बीचमा सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेतालाई बोल्ने समय दिए, नाम लिएनन् । एकसाथ कांग्रेसका संसदीय दल नेता भीष्मराज आङ्देम्बे र सांसद अर्जुननरसिंह केसी उठे ।

अर्जुनले माइक समाएर बोल्न थाल्दा भीष्म एकैछिन उभिइरहेका थिए ।

अर्जुननरसिंहले बोल्दै भने, ‘म ०४८ यताका संसदमा छु । नियमावली परिवर्तन नहुँदासम्म अहिले छलफलमा प्रधानमन्त्रीले नबोल्दा पनि हुन्छ, उहाँले तोकेको मन्त्रीले बोल्न मिल्छ । तर जवाफ दिने बेला चाहिँ प्रधानमन्त्री आउनैपर्छ । त्यसबेला उहाँ नआए हामीले छलफल बहिष्कार गर्नुपर्ने हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?