News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंले गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार गरेको छ।
- नेपाल विद्यार्थी संघका नेता विकल राईले प्रधानमन्त्री शाहको 'देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल' सम्बोधनलाई लिएर रिट दायर गरेका थिए।
- राईले उक्त शब्दले विद्यार्थी समुदायको मानमर्दन भएको दाबी गर्दै मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए।
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा परेको गाली बेइज्जतीसम्बन्धी मुद्दा दर्ता गर्न अस्वीकार भएको छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेता विकल राईले दायर गर्न ल्याएको रिट अदालत प्रशासनले दरपीठ गरिदिएको हो ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्वालमार्फत ‘देशको भविष्य बोक्ने विद्यार्थीहरूलाई स्लिपर सेल’ सम्बोधन गरेको भन्दै राइ रिट दायर गर्न गएका थिए ।
उक्त शब्दले विद्यार्थी समुदायको मानमर्दन र गाली बेइज्जती भएको दाबी गर्दै उनले मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ र ३०७ बमोजिम कारबाहीको माग गरेका थिए ।
प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता शब्द प्रयोग गर्द अपमान भएको भन्दै उनले रिट लिएर गएका थिए ।
‘प्रधानमन्त्रीले फेसबुकमार्फत युवा र विद्यार्थीको मानमर्दन गरिरहँदा चुप बस्नु भनेको त्यो अपमानलाई स्वीकार्नु हो,’ उनले भने ।
प्रतिक्रिया 4