+
+
Shares

प्रधानमन्त्री बालेनको पोशाकलाई लिएर संसद्‌मा उठ्यो प्रश्न

प्रधानमन्त्री बालेन शाहको पोशाकलाई लिएर संसद्‌मा प्रश्न उठेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २८ गते १८:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री बालेन शाहले राष्ट्रिय पोशाक नलगाएको प्रश्न उठाएका छन्।
  • सांसद बरालले दुई राष्ट्रिय महत्वका बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय पोशाक लगाउनुपर्ने हो कि होइन भनेर सभामुखमार्फत रुलिङको माग गरेका छन्।
  • राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा यो प्रश्न उठाइएको हो।

२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहको पोशाकलाई लिएर संसद्‌मा प्रश्न उठेको छ ।

नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले यस्तो प्रश्न उठाएका हुन् ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरे । यो कार्यक्रममा प्रधानमन्त्री बालेन राष्ट्रिय पोशाकमा उपस्थित नभएको भनेर एमाले सांसद बरालले प्रश्न उठाएका हुन् ।

‘प्रधानमन्त्रीज्यूले दुइटा राष्ट्रिय महत्वका बैठकहरू, संयुक्त सदनमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन ?’ उनले प्रश्न गरे । चलन त्यसै नचल्ने र चलाएपछि चलन चल्ने भन्दै उनले थपे, ‘हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा ? म सभामुख महोदयमार्फत यस विषयमा रुलिङको माग गर्दछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?