+
+

प्रयासनगर फुटसलको उपाधि जन्मभूमिलाई 

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १८:३८

२९ माघ, काठमाडौं । प्रयासनगर फुटसल प्रतियोगिताको उपाधि लियो क्लब अफ काठमाडौं जन्मभूमिले जितेको छ ।

काठमाडौंको ज्ञानेश्वरस्थित मिड भ्याली कलेजको मैदानमा भएको फाइनलमा  लियो क्लब अफ काठमाडौं आयामलाई पेनाल्टीमा १ गोलले पराजित गर्दै जन्मभूमि क्लबले उपाधि जितेको हो ।

निर्धारित समयमा २–२ गोलको बराबरी भएको खेलमा पेनाल्टीमा जन्मभूमिले ३ र आयामले २ गोल गरेको थियो । विजेता जन्मभूमिले १५ हजार नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । उपविजेता क्लब आयामले ८ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र पायो ।

दुई दिन (माघ २७ र २८ गते)सम्म चलेको प्रतियोगितामा क्लब आयामका मिलन बरुवाल उत्कृष्ट खेलाडी भए । उनले २५ सय नगद र विभिन्न उपहार प्राप्त गरे ।

क्लब जन्मभूमिका मनोज नेपाली उत्कृष्ट गोलकिपरबाट पुरस्कृत हुँदै २५ सय नगद र उपहारहरु पाए । सेमिफाइनलमा पुगेको लियो क्लब अफ काठमाडौं छाब्दीबाराहीका अनिल आचार्य सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । प्रतियोगिताभर १० गोल गरेका आचार्यले २५ सय नगद पुरस्कार र उपहारहरु प्राप्त गरे ।

लियो क्लबहरुबीच फुटसल आयोजना गरेको लियो क्लब अफ प्रयासनगरका सचिव नवीन बस्नेतका अनुसार १७ टिम सहभागी प्रतियोगितामा जन्मभूमि, आयाम र छाब्दीबाराहीसहित लियो क्लब अफ काठमाडौं विशालबजार र लियो क्लब अफ काठमाडौं दरबारमार्ग पनि सेमिफाइनलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?