+
+

नोक्सानीमा रहेको रिडी पावरले हकप्रदबाट ७७ करोड ४४ लाख उठाउँदै

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १ गते १०:०४

१ फागुन, काठमाडौं । नोक्सानीमा रहेको रिडी पावरले हकप्रद सेयर निष्कासन गरेर ७७ करोड ४४ लाख रुपैयाँ उठाउने भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कम्पनी ९ करोड २६ लाख रुपैयाँ नोक्सानीमा छ । कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ११ रुपैयाँ ९६ पैसा ऋणात्मक छ ।

यस्तो अवस्थामा रहेको कम्पनीले फागुन १८ गतेदेखि ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले प्रतिसेयर १ सय रुपैयाँका दरले कुल ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

माघ २१ गतेसम्म सेयर खरिद तथा होल्ड गरेका लगानीकर्ताले यस कम्पनीको हकप्रदमा चैत ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले आफ्नो सहायक कम्पनी साझा पावर डेभलपमेन्टमार्फत तल्लो बलेफी जलविद्युत् आयोजनामा स्वपूँजी लगानी गर्नका लागि हकप्रद सेयर निष्कासन गर्न लागिएको जनाएको छ ।

४ अर्ब ४० करोड रुपैयाँ अनुमानित लागत रहेको तल्लो बलेफी आयोजनामा यस कम्पनीको सहायक कम्पनी साझा पावर डेभलपमेन्टले ७८ करोड लगानी गर्ने जनाएको छ ।

हाल रिडी पावरले रिडीखोला जलविद्युत् आयोजना (२.४ मेगावाट), बुटवल सोलार (८.५ मेगावाट), इवाखोला (९.९ मेगावाट), रैराङखोला (५०० किलोवाट) जस्ता साना आयोजनाहरु सञ्चालन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?